
अहिले भर्खरै बाँकेमा सुरु हुन लागेको पार्टी प्रवेश कार्यक्रममा दुई हजारको संख्यामा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्दैछन् । राजपा नेपालसहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरी हजारौंको संख्यामा प्रभावशाली नेता कार्यकर्ताहरुकोठूलो समूह प्रवेश गर्ने कार्यक्रम छ ।
नेपालगञ्जको त्रिभुवन चोकमा केही बेरमा सुरु हुने पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई फूलमाला र टिका लगाएर प्रवेश गराउँदै हुनुहुन्छ ।
फोरम नेपाल प्रवेश गर्ने केही प्रमुख व्यक्तित्वहरु:नन्दकिशोर वर्मा, राजपा नेता, पूर्व सांसद उम्मेदबार एवं ताइक्वाण्डो गुरुमेराज अहमद शाह, कांग्रेसका पूर्व सांसदरिजवान अहमद शाह, कांग्रेस इलाका सदस्य एवं महासमितिसदस्यइस्तियाक अहमद शाह, पूर्व प्रधान एवं मुस्लिम संघका केन्द्रीय नेतामसूद अहमद शाह, कांग्रेस मुस्लिम संघका क्षेत्रीय सभापतिदिपक लखेर, गायत्री परिवार प्रमुख बाँकेराधेश्याम पाठक, कांग्रेस नेता पूरैनाकिशोर गुप्ता, प्रतिष्ठित व्यावसायीशोभा कुमारी लखेर, समाजसेवीराजेन्द्र विश्वकर्मा, पत्रकार एवं एमाले वनकट्टी गाविस सचिवकामता यादव, राप्रपा नेता बेतहनीरौनक अली इद्रिसी, पूर्व वडा अध्यक्ष एमाले, नेपालगञ्ज १५लगायत दुई हजारको संख्यामा पार्टी प्रवेश हुने संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवं पूर्व मन्त्री इस्तियाक राइनले जानकारी दिनुभयो।
Facebook Comments