
नरेश कुमार पन्डित, जेठ १ राष्ट्रिय जनता पार्टी नेपालले आज रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी समुदायको मांग र सविधान संशोधनको लागि दवाव मुलक रुपमा मोटरसाइकल रैली निकालेको छ ।
सोमवार रौतहट जिल्लामा रहेको सबै केन्द्रीय, क्षेत्रिय र गाँउ इकाईको पदाधिकारीहरुको बाक्लो उपस्थितिमा सदरमुकाम गौरमा सरकार बिरुद्ध चर्को नाराबाजीको साथ् मोटरसाइकल रैली निकालेको हो ।सदरमुकाम गौबाट शुरु भएको रैली जिल्लाको विभिन्न ठाउमा परिक्रमा गरी प्रसिद्ध बजार कटहरियामा गएर कोण सभामा परिणतभएको थियो । रैलीमा पार्टिका गाउ नगर क्षेत्र, जिल्ला सहित केन्द्रिय नेता गणको उपस्थिति रहेको थियो ।
मोटरसाइकल रैली कार्यक्रममा रा.ज.पा नेपालको केन्द्रीय नेता अजय गुप्ता, नेता बाबुलाल साह, अरुण सिंह, राजकुमार दास,शम्भु सुप्रिम, राम प्रवेश दास, मनसारूल हक, बिधार्थी नेता भाई ओमप्रकाश साह मधेसीया लगायत दर्जनौं नेताको उपस्थिति रहेको थियो ।
Facebook Comments