Loading...
फोरम नेपालको बलियो किल्ला बन्यो नेपालगञ्ज, दुई हजार नेता प्रवेश ।

नेपालगञ्ज २, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत पार्टी प्रवेश सभामा दुई हजार भन्दा बढी नेता कार्यकर्ताको समूह प्रवेश गरेको छ ।फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोकराई, उपाध्यक्ष लालबाबु राउत लगायतका केन्द्रीत नेताहरुको उपस्थितिमा मंगलबार नेपालगञ्ज विभिन्न पार्टी परित्याग गरी उनीहरुले फोरम नेपालको सदस्यता लिएका हुन् ।

प्रबेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनता पार्टीका करिब दुई हजार नेताहरु फोरम नेपालमा प्रबेश गरेका छन् ।नेपाली कांग्रेसका पूर्व सांसद सैय्यद मेराज अहमद साह, कांग्रेस महासमिति सदस्य रिजवान अहमद साह, इस्तियाक अहमद साह, कांग्रेसको भातृ संगठन मुस्लिम संघ क्षेत्र नं. २ का मसुद अहमद साह, सैय्यद गुफरान अहमद साह, कांग्रेस पूर्व जिल्ला सदस्य सत्यनारायण बर्मा फोरम नेपालमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला सदस्य धिरेन्द्र चौधरी, फकीरउल्ला पठान, कौशल कुमार धोवी, राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता एवं खेलाडी नन्दकिशोर बर्मा कुर्मी, कांग्रेस बनकटीका क्रियाशिल सदस्य हाजी जाहिर खाँ, नेकपा एमाले गाउँ इकाई बनकटीका अध्यक्ष शकिल खाँ प्रधान, एमाले वनकट्टीका सचिव एवं पत्रकार राजेन्द्र बिश्वकर्मा पनि फोरम नेपालको सदस्यता लिएका छन् ।त्यस्तै, एमालेका पूर्व गाबिस मनिकापुरका उपाध्यक्ष उद्धव यादव, कांग्रेस पुरैनाका गाउँ इकाई सभापति राधेश्याम पाठक, पुरैनाका पूर्व सभापति चुम्मन राढ, माओवादी केन्द्रका जिल्ला सदस्य महफुज आलम, राप्रपा क्षेत्र नं. २ क्षेत्रीय सदस्य कामता प्रसाद यादव, सचिव रामनरेश यादव, कांग्रेस पुरैनीका गाउँ इकाई समिति सदस्य सब्बिर किघरिया, केशवराम राज पनि पार्टी प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेमा एमालेका वडा नंं १५ का पूर्व अध्यक्ष हाजी रौनक अलि इद्रिसी, नेपालगञ्जका प्रतिष्ठित व्यापारी एव समाजसेवी दिपक लखेर, किशोर गुप्ता, शोभा कुमारी लखेर, हारुन अन्सारी, कांग्रेस वडा नं.२३ का अध्यक्ष मोहम्मद हुसेन शेष, राष्ट्रिय जनता पार्टीका नेता फरजन्द खाँ, एमालेका वडा नं.१६का पूर्व गाउँ इकाई अध्यक्ष सलिम अन्सारी (चिम्मन), कांग्रेस उदयपुरका कृष्ण कुमार श्रीवास्तव रहेका छन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *