Loading...
युवाहरुको सकृयतामा अस्पताल सुध्रिदै

बिरगंज,जेष्ठ ०३ गते नारायणी उप-क्षेत्रीय अस्पताल बिकास सहयोग अभियानको सुधार एवं बिकासमा रचनात्मक सहयोगले गर्दा नारायणी उप-क्षेत्रीय अस्पतालमा व्यापक सुधार आएको छ।अभियान द्वारा बिगत छ महिना देखि संचालित हेल्प डेस्कले अस्पतालमा आउने गरेका बिरामीहरु लाभान्वित भएका छन्।अभियानले अस्पतालमा सरसफाइ ,बृक्षारोपन एवं गर्नुको साथै चुस्त दुरुस्त सेवाको लागि दवाब दिदै आएको छ।अभियानले अस्पतालको बृहतर सुधार एवंबिकासको लागी स्वास्थ मन्त्री गगन थापालाई मन्त्रालय मै पुगि १६ बुन्दे ज्ञापन पत्र समेत बिझाएका थिए र सोही अनुसार सकारात्मक परिवर्तनहरु देखिदै गएको छ,अस्पतालको बिकास गराउदै शिक्षण अस्पताल सम्म स्तर उन्नति गराउने र बिरामी मैत्री अस्पताल बनाउन निरन्तर संघर्स गर्दै जाने अभियानका संयोजकएवं तत्कालीन सदभावना पार्टीका बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फले बताए।

अस्पतालमाआएका अति गरिब र असहाय बिरामीहरुलाई दाताहरूले बाट सहयोग गराइ औसधि मुलो सम्मको ब्यवस्थापनमा पनि अभियानले सक्रिय भुमिका निर्वाह गर्दै आएको अभियन्ता प्रकाश थारुलेबताए।अभियान संचालन भए देखि अस्पतालमा हुनेगरेका अनियमितता,भ्रस्टाचार­,लापरबाही कम भएको र अस्पतालको आम्दानी बढेको अभियानका अभियन्ता एवं युवा नेता कृष्ण पटेलले जानकारी दिए।सरकारी सेवा प्रदायक संस्थाहरुको बेथितिको विरुद्धमा युवाहरू एकीकृत भएर गाउँ गाउँमा अभियान चलाए समाज परिवर्तन हुने कुरा हाम्रो अभियानले उदाहरणप्रस्तुत गरेको महिला नेत्री एवं अभियन्ता मोनिका सिह उत्साहित मुद्रामा प्रतिक्रिया दिए।अभियानमा राजनीतिक दलका युवा नेताहरु एवं सामाजिक संस्थाहरु आबद्ध रहेको छ।

यसै गरि समाजको सहयोग र मन्त्रालयको सकारात्मक दृस्ठिकोण रहे केही महिना पछि नै अस्पतालमा आमूल परिवर्तन ल्याउने योजना रहेको मेसु डा.चितरन्जन साहको भनाइ रहेको छ।आजै हेल्प डेस्कको कार्यकक्षमा भएको अभियानको मासिक बैठकले हेल्प डेस्क एवं अस्पतालको अन्य प्रगतिको बारेमा समिक्षा गरेको छ,अभियान संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न बैठकमा अभियन्ताहरु प्रकाश थारु,कमल चौगाइ,मोनिका सिह,कृष्ण पटेल,हेल्प डेस्क कोर्डिनेटर देवेन्द्र यादव,रबि सरार्फ,सन्तोष सरार्फ,एवं रेडक्रसका प्रतिनिधि,अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको सदस्य सचीव एवं सञ्चारकर्मी राजेन्द्र सिहले बताए।अभियान्ताहरु द्वारा आजै अस्पताल परिसर एवं वार्डहरुको अनुगमन गर्नुको साथै अस्पताललाई सफा सुग्घर राख्न कुरुवा एवं बिरामिहरुलाई आग्रह पनि गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *