Loading...
दोस्रो चरणको चुनाब ( जेष्ठ ३१ ) र मंच लिम्बुवान

कुमार लिङ्देन मिराक  हुनत कुनै पनि पार्टीमा केन्द्रिय अध्यक्षले भनेको कुरा सर्बेसर्बा हुदैन ,हुनु पनि हुदैन ,तर पनि केन्द्रिय अध्यक्ष को भिजनले त्यो पार्टीको आगामी यात्रामा महत्वपूर्ण भूमिका खेल्छ नै ,- मैले बारम्बार मंचका आदरणीय नेताहरु सामु भनेको छु – यसपल्ट म त्यस्तो कट्टर छैन | मेरो आफ्नो बिचार छ ,आफ्नो बिचार राख्छु तर सबै नेताहरुको बहुमत ले जे भन्नु हुन्छ त्यहि कुरा मानेर जान्छु भनेको छु |-हो ,दोस्रो संबिधान सभाको चुनाब रोक्नको लागि मैले आफ्नो सम्पूर्ण अधिकार ,बिशेस अधिकार लगाएको हो |

धेरै नेता हरुको फरक मत थियो तर पनि अध्यक्षले लिएको निर्णय मा जानु पर्छ भनेर आन्दोलन मा उत्रनु भयो ,धेरै नेताहरु घाइते हुनु भयो,त्यो शारीरिक घाउ हरुको पिडा अझ पनि छदै छ |दोस्रो संबिधान सभाको चुनाब बहिस्कार ताका यति सक्रिय भैयो२४ घन्टामा २२ घण्टा सम्म पार्टीको काम गरेको मलाइ याद छ | आज आफै सोच्छु – त्यत्रो स्टामिना कहाँ बाट आयो होला ? किनकि मलाइ लागेको थियो – दोस्रो संबिधान सभाको चुनाब सफल हुने बित्तिकै यो देशको मधेशी ,आदिबासी ,दलित हरुको सयौ बर्षसम्मको पीडाको कथा अझ लम्बिने भयो |हामी संघीयाबादी हरुको दुख को कथा शुरु हुने भयो |

तर त्यतिबेला पनि अशोक दाइ ,उपेन्द्र अध्यक्ष जी , मधेश का अध्यक्ष जी हरु संग्ग कुरै मिलेन | अन्तत हामि एक्लै पर्यौ,माओबादी ड्यास को आफ्नै अडान थिदै थियो |सायद हामि मिलेर गएका भए त्यो चुनाब लाइ रोक्न सक्थेउ,तुरुन्त गोलमेच हुन्थ्यो ,एउटा नया निकास निस्कन्थ्यो |मधेश मा पछिल्लो समयमा सहिद भएका ६० जना योद्धाहरुले शहिद हुनु पर्ने थिएँन ,र जसरि हामि लामो दल दल मा फसेका छौ ,त्यो फस्नु पर्ने थिएन |

जस्तो कि -अहिले को यो दुइ वटै स्थानीय चुनाब सफल भयो भने संबिधान कार्यान्वन भएको मानिन्छ |त्यस पछी १० +१ प्रान्त स्थापाना गर्न धेरै होईन ५० हजार मान्छे मर्नु पर्छ ,त्यसरी डिजाइन गरेका छन् यो संबिधान |- जेहोस ,मेरो नेतृत्व मा भएको दोस्रो संबिधान सभाको चुनाब बहिस्कार आन्दोलान सफल भएन |मेरो मान्ग्गेना ढलेर १७ दिन सम्म ओछ्यान मा सुते |बास्ताकमा हामीले के गर्न खोजेका थियेछौ भन्ने कुरा अझ दलदल मा हामि हरु फसिसके पछी ,अझ समय बिते पछी थाहा पाउछौ,जतिबेला समय धेरै बितिसकेको हुनेछ |-मंगसिर ४ को उक्त चुनाब लाइ रोक्न नसकिए पछी मेरो धेरै आलोचना पनि भयो |

हरेक आलोचना जब म सुन्थे म केहि बोल्दिनथे -मनमनै सोच्थे – अहिले तपाइको आलोचना ठिक छ ,तर जब समय बित्दै जाने छ र हामी संघीयाबादी हरु एकात्मकबादी हरुले बिछ्याएकोलामो दल दलमा फस्ने छौ तब मात्र सबैलाई थाहा हुनेछौ ,कसरि हामीले यो दलदल बाट हाम्रो आन्दोलन लाइ बचाउन मंगसिर ४ गते त्यत्रो बिरोध गरेका थियेछौ ,तर त्यो बुझ्न टाइम लाग्ने छ |

त्यहि देखि यता मैले आफ्नो आत्मा संग्ग एउटा सल्लाह गरेको छु -म आफ्नो कुरा राख्छु ,तर पनि बहुमत नेताहरुको कुरा मानेर जान्छु ,अहिले मैले त्यसै पनि गर्दै आएको छु |त्यसैले देश विदेश मा रहेका मंच लिम्बुवान का नेता साथीहरु बीच मा कसरि जाने भनेर ब्यापक आन्तरिक छलफल होस् ,नया बिचार हरु आओस ,मंचलाई लिम्बुवानलाइ ,१० +१ को मुद्दालाई बचाउदै कसरि अघि बढने बारेमा गहिरो गरि बहस होस् |जय लिम्बुवान ,जय १०+१ प्रान्त

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *