Loading...
आफैमा भाडभैलो भएका कारण दर्ता भएन राजपा

काठमाडौ जेठ ३–राष्ट्रिय जनता पार्टी नेपाललाई आज निर्वाचन आयोगमा दर्ता गराउने तय भएको थियो । यसका लागि राजपाका नेताहरुले आयोगका पदाधिकारीहसँग छलफल पनि गरिसकेका थिए । तर पार्टीभित्र कुरा नमिलेपछि दल दर्ता हुन सकेन । पार्टीको विधान र घोषणापत्रमा कुरा मिलेको छैन । पार्टीका विधान र घोषणापत्र तयार गर्नका लागि कार्यदल गठन गरेको थियो ।
कार्यदलले विधान र घोषणापत्र तयार गरेर हिजो मंगलवार नै अध्यक्ष मण्डलमा बुझाएको थियो । अध्यक्ष मण्डलमा त्यो विधान र घोषणापत्रको बारेमा छलफल भयो तर कुरा मिलेन । कार्यदलले बनाएको विधान र घोषणापत्रमा अध्यक्ष मण्डलमा रहेका सदस्यहरुको आआफ्नो अडान कायम रहेकाले कुरा नमिलेको एक नेताले बताए । सोही विधान र घोषणापत्रमाथि छलफल गर्नका लागि अहिले राजपाको बैठक बसिरहेको छ । घोषणापत्र र विधानमा सहमति नबनेसम्म पार्टी दर्ता हुने छैन ।
स्थानीय तहका चुनावका लागि नव गठित राजपालले आयोगमा पार्टी दर्ता गराउन चाहेको छ । तर पार्टीको आन्तरिक उल्झन तथा अरु कानुनी उल्झनका कारण पार्टी दार्तामा समस्या देखिएको छ । राजपा दर्ता नभए कुन पार्टीबाट चुनाव लड्ने विकल्पको बारेमा पनि छलफल भइरहेको छ । राजपा छवटा मधेशवादी दल मिलेर बनेको हो । ती छ दलमध्ये कुनै पनि दलबाट चुनाव लड्न सकिन्छ । कुनै पनि चुनाव चिन्हबाट चुनाव लड्न सकिन्छ । यस विषयमा पनि सहमति बन्न सकेको छैन ।

sunday khabar बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *