
संघीय समाजवादी फोरम , नेपाल र राष्ट्रीय जनता पार्टी , नेपाल बीचको चुनावी मोर्चाबन्दीको अर्को कुनै बिकल्प आम आन्दोलनकारीबीच आजको दिनमा रहेको छैन । अहंकार र पूर्व नियोजित योजना र रणनीतिका कथित रणनीतिकारले बिभिन्न स्वार्थमा टकरावका लागि उतेजनात्मक बिचारको बहावले दुई दलबीचको दुरीले सबैभन्दा क्षति उत्पीडित / मधेशीलाई नै हुनेछ । तसर्थ : समय सापेक्षले बुलेटको जवाब बैलेटले दिनका लागि राजपाले फोरम नेपालसंगको सहकार्यको कुनै अर्को बिकल्प रहेको छैन। राजपाले दल दर्ता र चुनाव चिन्हका लागि गरिरहेको अथक प्रयासले बुलेटको जवाब हामीले दिन सक्दैनौ ।
निर्वाचन आयोगले उदारता देखाई राजपाका चुनावमा भाग लिन बाटो खोलदिए अति राम्रो , होईन न भन्ने राजपाले फोरम नेपालका चुनाव चिन्ह हाथले समातेको मसाललाई स्वीकार गर्दै दोश्रो चरणका निर्वाचनमा मोर्चाबन्दी गरि अगाडी बढनु नै उपयुक्त हुनेछ ।
अहंकार र कुण्ठाले सत्यनाश गर्नेछ । दुवै दलमा चर्को र उतेजक बिचार राख्ने पक्कै रहेछ तर नेतृत्व पंक्तिले त्यस्ता बिचारलाई परास्त गरद चुनावी मोर्चाबन्दीका लागि अगाडी कदम बढाउने पर्छ । समयले यही भन्दै छ र समय र परिस्थिति बिपरीत जो पनि क्रियाशील भाको छ उसको भलो भएका दृश्य कसैले हेरेको छैन ।
Facebook Comments