
४ जेठ, चितवन । निकै चासोका साथ हेरीएकोभरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । पछिलो मतगणना अनुसार ज्ञवालीले ९ हजार २१२ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ४३३ मत ल्याएकी छन् । उपमेयरमा कांग्रेसकी पार्वती शाहले ८ हजार ६५३ र एमालेकी दिव्या अर्यालले ७ हजार ९६४ मत ल्याएकी छन् ।सूचना नदिएको भन्दै संचार कर्मीको आक्रोसयसै बीच मतगणनाको सूचना समय समयमा नदिएको भन्दै स्थानीय संचार कर्मीहरुले मतगणना स्थलमा आक्रोस पोखेका छन् ।
निर्वाचन अधिकृतले विहीबार विहान ९ बजे पहिलो पटक जानकारी गराएको थियो । त्यसपछि बेलुका ५ बजे मात्रै अर्को जानकारी गराएपछि संचार कर्मी आक्रोसित भएका हुन् । पत्रकारहरुले पटक पटक सूचना दिन माग गर्दा पनि निर्वाचन अधिकृतले सूचना दिनअटेर गरेको बताईएको छ ।सयम सयम सूचना नदिएर मतगणना स्थलमै कुलै षड्यन्त्र हुँदैछ कि भन्नेेमा कतिपयको आशंका छ ।
नेकपा एमाले लगायत कतिपयले पतपत्र कब्जा गरेर दाहाललाई जिताउन पुष्पकमल लागेको आरोप लगाएका छन् । सबै भन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलमा प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु चितवन महानगरिपालिकाको मेयरमा उम्मेदवार बनेकी हुन् । प्रधानमन्त्री दाहाल राज्यको जस्तो सुकै शक्ति प्रयोग गरेर भएपनि छोरीलाई जिताउने पक्षमा छन् । From: sankhuwasava.com
Facebook Comments