Loading...
थारू कल्याण्कारिणी सभाको  सहकार्यमा थाकस युएईदवारा टिकापुर बन्दीको परिवारलाई राहत सहयोग

जेष्ठ /४/बिहिवार,,कैलाली:=थारू कल्याण्कारिणी सभा कैलालीसँग सहकार्य गरी थाकस युएईले टिकापुर बन्दीको परिवारलाई राहत सहयोग स्वरुप रू ९३,५०० बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ।थरुहट/थरुवान अान्दोलन मार्फत आफ्नो सामुदयको पाहिचान र अधिकारको माग गर्दा आन्दोलनलाई दबाउन सरकारले आत्याधिक बल प्रयोग गरी एकै पक्षको सुरक्षा दिदा टिकापुर कैलालीमा अप्रीय र आकल्पनिय घटना घट्न पुग्यो र त्यो राजनीतिक घटना भए पनि झुठा मुद्दा लगाइ थारु नेता तथा कार्यकर्तालाई जेल बन्दी बनाईएको थियो। सो पीडित परिवारको विद्यार्थीको शिक्षाको लागि थाकस युएईले युएइ मै रहेका दाजुभाई तथादिदि-बहिनीहरुबाट नेरु ९३,५०० सँकलन गरी पीडित २५ परिवारलाई सो रकम बराबर शैक्षिक सामाग्री बाँडेको छ।पीडित परिवारको हातमा शैक्षिक सामाग्री हस्तरन्तरण गारिएको सहयोग कार्यक्रममा केही प्राबिधिक कठिनाईले गर्दा थाकस कैलालीलाई उपस्थित गराउन नासकेको थाकस युएईको अध्यक्ष किसोर चौधरीले बताए। चौधरीले थाकस कैलालीसँग माफी पनि मागेका छन्।यस राहत बितरण कार्यक्रमलाई सफल बनाउन कैलालीकी ईन्दु चौधरीले प्रमूख भुमिका खेल्नु भएकी थिईन्। राहत वितरण कार्यक्रममाथाकस युएईको अध्यक्ष, थाकस केन्द्रबाट थाकस उपाध्यक्ष, टिकापुरको पीडित परिवारहरु तथा स्थानीय समाज सेवीहरुको उपस्थिती रहेको थियो।[हाल बिदेशी थारु संघ /संस्थाहरु सक्रिय रुपमा थारु समाजको सेवा गर्नमा लागी परेका छन थाकस युएईले पहिला देखि नै नेपालमा थारू समूदायको हकहितको लागि सहयोग जुटाउदै आएको छ यस् अघि भरखर मलेसियामा स्थापना भएको प्रवासी थारु सेवा समाजले नि टिकापुर पिडितलाई पठन पाठनको लागी राहत स्वरुप आर्थिक सहयोग गरेका थिए भने विभिन्न सहयोगि मन भएको थारु समाज सेवि,संघ संस्था,अगुवा,नेता,युवा ,बुद्धिजीवीहरुले पनि आफू सक्दो आर्थिक सहयोग गरेका छ्न।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *