Loading...
चितवनको भरतपुरमा गोली चल्यो, एकै घरका सबै सदस्य माथि धारिला हतियार प्रहार

नरेन्द्र गुप्त गौर ५ जेठ | रासस । चितवन -भरतपुर महानगरपालिका–२५शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उनका आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ ।

हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेका छन् । महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कुटपिटगरी घरमा रहेको रु एक लाख ५० हजार, दुई थान सिक्री, एक थान आँैठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको थापाले बताए ।घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गङ्गारामकोटाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीकोटाउकामा रगत जमेको प्रहरीले जनाएको छ । अन्यको अवस्था खतरामुक्त रहेको छ ।

राति ११ः४५ बजेको समयमा आएका तीनजना अपरिचित व्यक्तिले गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेको थापाले बताए । घटनालगत्तै प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले अनुसन्धान थालेको र हेटौँडाबाट कुकुरसहितको अनुसन्धान टोली आउँदै गरेको उहाँले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *