Loading...
टिकापुर र महोतरीमा भएको हत्याको मुद्धा फिर्ता नहुने, झुटा मुद्धा मात्र फिर्ता हुने स्पष्टिकरण

प्रधानमन्त्रीको निजि सचिवालयले कैलालीको टिकापुर लगायतका तराइ मधेशमा भएका घटनामा संलगन जघन्य अपराधका दोषी हरुको मुद्धा फिर्ता नहुने स्पष्ट पारेको छ ।

बिहिबारको मन्त्रिपरिक्ष्द बैठकले तराइ मधेश आन्दोलनलाइ राजनीतिका आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । निर्णयलाई लिएर विभिन्न समाचार माध्यममा आएका समाचारबारे प्रतिक्रिया दिदै प्रधानमन्त्रीका प्रेस सल्लहाकार गोबिन्द आचार्यले जघन्य अपराधका दोषीहरुको मुद्धा फिर्ता लिने सरकारी निर्णय सम्बन्धि प्रकाशित समाचारहरुको खण्डन गर्नु भएको छ । उहाका अनुसार झुटा मुद्धा फिर्ता लिने मात्र निर्णय भएको तर संचार माध्यमले टिकापुर जस्तो जघन्य अपराधलाइ समेत माफी दिने समाचार छापेकोमा आपति समेत प्रकट गर्नु भएको समाचार आजको गोरखापत्रमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *