Loading...
नेशनल मेडिकल कलेजमा डा. पटेलको टिमले गर्यो ब्रेन हैम्ब्रेजको सफल अप्रेशन
वीरगंज ४ बैशाख,
दुर्घटनामा परी टाउकोमा गम्भिर चोट लागि ब्रेन हैम्ब्रेज  भएको अवस्थामा एक बालकको नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगंजमा सफल रुपमा अप्रेशन भएको छ ।
जुगवा ३ बाराका करिब १० वर्षिय घनश्याम चौधरीको मोटरसाइकल दुर्घटनामा परी ब्रेन हैम्ब्रेज भई वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार्थ आउदा बरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु प्रसाद पटेलले सफल रुपमा अप्रेशन गर्नु भएको छ । अप्रशेनमा डा. निरज यादव, ओटि टेक्नििसियन सुरेस यादव तथा डा. पटेलको टोलीले करिब २ घण्टा लगाई सफल रुपमा अप्रेशन गर्नु भएको अस्पतालका प्रवक्ता शेराज अहमदले जानकारी दिनु भयो । दुर्घटनामा छोराको आँखा अत्याधिक मात्रामा फुलेको र टाउकोमा पनि निकै ठुलो घाउ भए पनि डा. पटेलको टोलीले सफल रुपमा अप्रेशन गरी छोराको ज्यान बँचाउनु भएकोमा धन्यबाद दिनु भएको छ । न्युरो सम्बन्धि ठुलो सानो कुनै पनि समस्या आएमा ३÷४ घण्टा भित्र मरेजीलाई आफुकहाँ ल्याएमा त्यसलाई ठिक गरिदिने डा. पटेलले दाबी समेत गर्नु भयो ।
त्यसैगरी नेशनल मेडिकल कलेजकै मेसमा कार्यरत्त एक कर्मचारी अस्पतालको तेस्रो तल्लाबाट अचान खस्दा टाउकोमा रगत जमेकोलाई पनि न्युरो सर्जन डा. श्यामबाबु पटेलले सफल रुपमा अप्रेशन गर्नु भएको छ । वीरगंज भन्सार श्रीसिया घर भएका प्रमोद पटेल छतबाट खस्दा टाउकोमा रगत जमेको तथा सबैले बाँच्ने चान्स कम छ भनि रहदा पनि डा. पटेलको टिमले सफल रुपमा अप्रेशन गरी ज्यान बचाएकोमा बिरामी पटेलका आफन्तले डाक्टर टिमलाई धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *