Loading...
राजविराजलाई उप–महानगरपालिका बनाउन सांसद यादवको माग

राजविराज, ५ जेठ । सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेश कुमार यादवले सगरमाथा अञ्चल सदरमुकामबाट परिचित एवं नेपालमै पहिलो टाउन प्लानिङ्गबाट बसाइएका राजविराज नगरपालिकालाई उप–महानगरपालिका बनाउन सरकारसँग माग गरेको छ । सांसद यादवले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । विराटनगरभन्दा पहिले नगरपालिका बनेको राजविराजलाई उपमहानगरपालिका बन्न नदिनकालागि विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरुले भूमिका खेलिरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘राजविराज नगरपालिका तथा त्यस वरपरका गाविसहरुलाई गाभेर उपमहानगरपालिका बनाउन सम्पूर्ण पूर्वाधार रहेको हुनाले त्यसलाई उपमहानगरपालिका बनाउनका लागि मैले प्रधानमन्त्री क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थानीय निकाय पुनः संरचनाका लागि अध्ययन गर्न बनेका कार्यदललाई समेत आग्रह गरिसकेको छु’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘माओवादी केन्द्रको संसदीय दलले पनि राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने निर्णय गरिसकेकाले दोस्रो चरणको स्थानीय चुनाव हुनुअघि नै राजविराज नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्नका लागि जोडदार माग गर्दछु ।’ उप–महानगरपालिका बनाउने कार्यमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन सांसद एवम् पूर्व सिंचाई मन्त्री यादवले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

from newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *