Loading...
सैनिकको स्कुल युनिफर्ममा आर्थिक चलखेलअभिभावकहरूको व्यापक विरोध

काठमाडौँ । सैनिक आवासीय महाविद्यालय, भक्तपुरलगायत पोखरा, चितवन, धरान, सुर्खेत गरी ५ वटा सैनिक आवासीय महाविद्यालयहरूमा विद्यार्थीहरूकोलागि हाल्ने युनिफर्मलगायत गेम ड्रेस, ट््याकसुट, ब्ल्याङ्केट, म्याट्रेस, जुत्ता, मोजालगायत होस्टलमा बस्नेहरूको लागि अन्य थप सामानहरूमा सुनियोजित रूपमा ठूलो आर्थिक चलखेलका कारण विद्यार्थीहरू ठगीमा परेका छन् ।

भक्तपुरमा ४३५ जना, पोखरामा १२० जना, धरान र चितवनमा ८०–८० जना गरी जम्मा ७१५ जना विद्यार्थीहरूकोलागि प्रतिविद्यार्थी३८,५००÷– मा जम्मा ३१ वटा आइटमहरू मात्र समावेश गरी स्कुल प्रशासनले नै ठेकेदारसँगको मिलिमतोमा गैरकानुनीरूपमा अभिभावकहरूसँग करिब ३ करोड बराबरको अग्रिम पैसा उठाएर लुगा र सामान जवर्जस्ती किन्नको लागि बाध्य गरेको पीडित अभिभावकहरूले बताएका छन् । हाम्रा सम्वाददाताले यस विषयमा जानकारी लिँदाउनीहरू बताउँछन्– ‘हामीले धेरै अनुरोध ग¥यौँ, हामीलाई लुगाको लिष्ट दिनुहोस्, यहाँ महँगो भयो, हामीले नै पैसा हालेर किन्ने भएपछि हामीलाई सस्तो, सुलभ, राम्रो जहाँ हुन्छ त्यहीँ किन्न पाउनुप¥यो भनेर भन्दा सुनुवाई नै भएन ।

उल्टै लुगाको पैसा पहिले तिर्ने अनि मात्र भर्ना हुन पाइन्छ भनेर जवर्जस्ती ब्ल्याकमेल जस्तो गरी यस्तो महँगो र कमसल लुगाहरू किन्न बाध्य भयौँ ।’ अभिभावकहरूका अनुसार, गतवर्षहरूमा कक्षा ६ मा भर्ना हुँदा स्कुलमै सन्चालन भएको स्कुल क्यान्टिनबाट ५८ वटा सामानहरू करिब ३२ हजारमा उपलब्धगराउँदै आएको थियो । त्यो पनि सबैले किन्नै पर्ने बाध्यता थियो । लुगाको लिष्ट अनुसार जसले जहाँबाट किने पनि अभिभावकहरूलाई स्वतन्त्रता थियो भने यसपालि त झन् ३१ वटा सामानहरूलाई मात्र ३८ हजार ५ सय पर्न गयो ।

यति मात्रै नभएर स्कुलको करकापमा किन्न बाध्य ३१ वटा समानबाहेक थप १० वटा अन्य सामानहरू चाहिँ अभिभावकरुले आफैँ किनेर ल्याउने निर्देशन दिएको थियो जसअनुसार थप १० हजार आर्थिक भार अभिभावकरुलाई पर्न गई भर्नाको लागि लुगा र सामान खर्चमात्र४८ हजार जस्तो पर्न गएको पीडित अभिभावकहरूले बताएका छन् । अभिभावकहरूले आक्रोश पोख्दै हाम्रा सम्वाददातालाई भने– ‘यत्रो पैसा लिएर यतिका दिन भइसक्यो स्कुल सुरु भएको पनि यत्तिका दिन भइसक्यो, अहिलेसम्म हाम्रा बच्चाहरूले लुगा पाएका छैनन्, पैसा लिने अनि समयमा पनि दिन नसक्ने, पाएका केही लुगा पनि फिटिङ छैन किनकि नापो नलिएर रेडिमेड साइज–साइज दिएका छन् बच्चाहरूलाई ।

यस्तो पनि हुन्छ र ? यो लुगा ट्राइ गर्ने सुपरमार्केट त होइन नि ।’‘झन् भर्ना फि र लुगा गरेर त झण्डै १ लाख पुग्न खोजेको छ । के एउटा सिपाहीको यत्रो आर्थिक हैसियत र औकात हुन्छ ? के गर्न खोजेको यो ? यसपालि त अचाक्ली नै भएको छ । अझ ५० प्रतिशत फि बढाएर सिपाहीहरूलाई थप आर्थिक मारमा पारेका छन् कल्याणकारी निकायबाट । अब हामीले सैनिक स्कुलमा आफ्ना बच्चाहरूलाई नपढाउँदा नै बेस होला । यतिको पैसा तिरेर त बरुअन्तै राम्रो स्कुलमा हाल्न सकिन्छ नि । यस्तो पनि कल्याणकारी हुन्छ र ? यो त सरासर व्यापार–व्यवसायजस्तो हुन गएको छ’ आक्रोश पोख्दै अभिभावकहरूले हाम्रा सम्वाददातासँग गुनासो पोखे ।अभिभावकहरूका अनुसार यसरी कुनै कानुनी प्रक्रिया नपु¥याई जवर्जस्ती रकम असुल्नु भनेको सरासर अपराध हो ।

यस विषयमा सेनापतिज्यूले निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् । यसरी गैरकानुनी रूपमा सेटिङ मिलाएर पैसा असुल्ने निर्देशन दिने सम्पर्क अधिकृतहरूमा भक्तपुर सैनिक स्कुलका कर्नेल भूपाल अधिकारी, पोखराका सेनानी सुदिप अर्याल, चितवनका सेनानी प्रकाश अधिकारी र सुर्खेतका सेनानी लोकेश रहेका छन्। गोप्य सूत्रबाट जानकारी पाएअनुसार यसमा कल्याणकारी जर्साब सहायक रथी प्रदिप अधिकारीको गहिरो संलग्नता रहेको छ। अभिभावकहरूका अनुसार यसरी जवर्जस्ती भिडाएको ३१ वटा सामानहरू बजारमा किन्ने हो भने १५ देखि १७ हजारसम्ममा पाइन्छ । भित्रकै एक कर्मचारीले भने– ‘यसरी प्रतिविद्यार्थीलुगा र सामानमा मात्र लगभग २२ हजार नाफा खाएर लगभग १००० जना विद्यार्थीहरूलाई वितरण गर्दा करिब २ करोड २० लाख त चोखो फाइदा गरेका छन् ।

हामी शिक्षक, कर्मचारीर केही अभिभावकहरूले सुन्नमा आएअनुसार माथिकै निर्देशनअनुसार सेटिङ मिलाएको रहेछ जसबारे सम्पर्क अधिकृतबाटै आफ्ना केही विश्वासिलो मान्छेहरूलाई भित्री कुरा खोल्दा एक कान दुई कान मैदान हुन गई यस विषयले व्यापक चर्चा पाएको छ । सुन्नमा आएअनुसार यसरी गरीब अभिभावक र तिनका छोरा–छोरीहरूलाईमारेर गुणस्तर नभएको गएगुज्रेको थर्ड क्लास कमसल लुगा र सामान जवर्जस्ती भिडाएर यसरी गैरकानुनी रूपमा घोटाला गरी नाफा हुन आउने २ करोड २० लाख रकम भागबण्डा गरी माथि रीता क्षेत्री रानीसा’ब (सेनापतिकी श्रीमती) लाई ठूलो भागसमेत बुझाउनुपर्छ भन्दै कल्याणकारी जर्साबको ठाडो हस्तक्षेप, व्यक्तिगत चासो र निर्देशनमा सबैसम्पर्क अधिकृतहरूको समेत मिलिमतो र सेटिङमा मोटो कमिसन खान यो प्रपञ्च रचेको चर्चा व्यापक छ ।

यति यसो हो भने र सेनापतिकै श्रीमतीको संलग्नता छ भने सेनापतिबाट होइन प्रधानमन्त्री, रक्षामन्त्री, शिक्षामन्त्री, बालअधिकार आयोग र अख्तियारको पहलतामा पारदर्शीरूपमा न्यायोचित छानविनको माग अभिभावकहरूले गरेका छन् । उनीहरू भन्छन्– ‘होइन, सरकारी पैसा भए त हो हाकिमले जो जसलाई दिए पनि, जहाँबाट किने पनि हाम्रो भन्नु केही थिएन, तर हामीले व्यक्तिगत पैसा हालेर किन्नुपर्ने सामानमा पनि उहाँहरूले नियम–कानुन लगाउन पाउँछन् र ? यो त सरासर दिनदहाडै डकैती नभए के हो ? हरे, यस्तो दिन पनि देख्नु प¥यो नेपाली सेनामा । निष्पक्ष छानविन गरी दोषीउपर कारवाही हुनैपर्छ यस बारे ।

सिरक काण्डहालसालै विद्यार्थीलाई वितरण गरिएको लुगा र सामानमा सिरकको विषयमा केहि दिनयता ठूलो काण्ड मचिएको छ, जसले मिडिया जगतमार्फत् राष्ट्रियस्तरमासमेत ठूलो चर्चा पाउनुको साथै स्कुलकै छविलाई धमिल्याउने एउटा लज्जास्पद र घृणित काम भएको छ ।स्रोतका अनुसार ठेकेदार सुमन स्वार प्रधानसेनापति राजेन्द्र क्षेत्रीका धर्मपत्नी रीता क्षेत्रीका खास मान्छे हुन्, यिनै रीता रानीसा’बको मिलेमतो र निर्देशनमा उनले करोडौँ कमिसन हात पार्ने शर्तमा यस्तो योजना तय गरिएको हो जुन अन्य सैनिक विद्यालयहरू पोखरा, धरान, चितवन र सुर्खेतमा समेत सम्पर्क अधिकृतहरूको मिलेमतोमा तय गरिएको थाहा हुन आएको छ ।

यसै प्रसङ्गमा सैनिक विद्यालय भक्तपुरमा केही दिनयता मात्र विद्यार्थीहरूलेओढ्ने सिरकले विद्यार्थीहरूलाई नैघोच्ने घाउ–चोटपटक लागेपछि होस्टेलमा हेरचाहको लागि खटिएका वन्दना मेट्रोन म्याडमले सिरक उधारेर भित्र हेर्दा विश्वास नै गर्न नसकिने चिजबिजहरू फेला परे । फेलापरेका सामानहरूमा ब्लेड–पत्ती, पिन, धारिलो टिनका पाताहरू, नपेलेको काँचो कपास, गार्मेन्टमा फालेको थोत्रा ऊन र कपडा आदि थिए । यस्तो काण्ड मच्चिएपछि ठूलो गाल पर्ने डरले कर्णेल भूपालले रातारात ३०० सिरक बदली गर्न लगाएको थाहा भएको छ । कर्णेल भूपाल अधिकारी नेपाली सेनामा एक नम्बर भ्रष्टाचारीको रूपमा चिनिने बदनाम पात्र हुन् ।

‘उनी सैनिक विद्यालयमा आएको ६ महिनाको छोटो अवधिमै एकपछि अर्को श्रृङ्खलाबद्ध रूपमा उनीबाट भएको भ्रस्टाचारका अनेकौँ कान्डहरू सार्वजनिक हुँदा समेत कुनै छानविन नहुनु दुर्भाग्यपूर्ण कुरा हो । भ्रस्टाचार गरेको प्रमाणित भइसक्दा पनि उनीउपर कुनै सजाय–छानविन नभई झन् उल्टै यस वर्ष पदोन्नतिको लागि बोर्डले सिफारिश गर्नु भनेको लज्जास्पद कुरा हो’ अभिभावकलगायत सेनाका उच्च अधिकारीहरू बताउँछन् । नाम नबताउने सर्तमा बोर्डकै एक सदस्यले भने– ‘कर्णेल भूपालको नाम बोर्डमै थिएन ।

अकस्मात रातारात माथिको जवर्जस्ती दबाबमा समावेश गर्नुपरेको हो’ । कर्नेल अधिकारीविरुद्ध आएको समाचारका सम्बन्धमा बुझ्नका लागि उनलाई बारम्बार महाविद्यालयमा सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् र सधैँ बाहिर भएको जानकारी मात्रै दिइयो ।नव जनप्रहार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *