Loading...
खुकुरी प्रहारको घटनालाई लिएर एमालेले गर्यो बन्द आह्वानरसुवा

नरेन्द्र गुप्तचर गौर,

जेठ ६ शुक्रबार खुकुरी प्रहार घटनाकादोषीलाई कारबाहीको माग गर्दै नेकपा एमालेरसुवाले शनिबारदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ । एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरितविज्ञप्तिअनुसारखुकुरी प्रहार गर्ने दोषी रदोषी भगाएको आरोप लागेका स्याफ्रुबेँसीप्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

रसुवा बन्दले जनजीवन प्रभावित भएको छ । उता प्रहरीले भने दोषीको खोजी जारी रहेको जनाएको छ । प्रहरी सहायक निरीक्षक मधुकान्त खड्कामथि छानबिन सुरु भइसकेको बताइएको छ ।

शुक्रबार स्याफ्रुबेँसीकाएक युवकले अर्का युवकलाई खुुकुरी प्रहार गरेपछि आक्रोशित भिडले एकमोटरसाइसकलमा आगजनी गर्नाका साथै प्रहरीचौकी स्याफ्रुबेँसीसमेत तोडफोड गरेको थियो ।

खुकुरी प्रहारबाट घाइते फुर्पु साग्बो तामाङको काठमाडौँस्थित ग्य्रान्डी अन्तर्राष्ट्रियअस्पतालमा उपचार भइरहेको बताइएको छ । बिहीबार राति नौकुण्ड गाउँपालिका, यार्सामाभएको खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *