Loading...
काठमाडौंबाट जनकपुर जाँदै गरेको बस दुर्घटनाग्रस्त, ३ को मृत्यु

नूर आलम् बादशाह, काठमाडौंबाट जनकपुर जाँदै गरेको एक रात्री बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुरका लागि छुटेका बा.७ख. १६४१ नम्बरको इंद्रेनी यातायात पथलैया आस पासमा दुर्घटना भएको थियो । पथलैया हेटौंडा सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा रतौली–१ निवासी बलाला यादव, तारापट्टी सिरशियाकी गर्भवत महिला किरण साह र एक जना पहिचान खुल्न बाँकी रहेको मृत्यु भएको छ ।

घाइतेहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको छ । तीव्र गतिमा आइरहेकोट्रकबाट बचाउने क्रममा बस सडकबाट तल खसेको एक प्रत्यक्षदर्शीले बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *