
धनुषा, जेठ ७ – संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तराई÷मधेशका दलहरुबाट मधेसमा साझा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्त गर्न पनि मधेशी मोर्चा एकतावद्ध भएर दोस्रो चरणको निर्वाचनमा जानुपर्ने आवश्यमता रहेको बताए ।आईताबार जनकपुरमा स्थानीय संचारकर्मीसँग कुरा गर्दै उनले मधेश विरोधी शक्तिलाई पराजित गर्न पनि मधेश केन्द्रित दलहरुले स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार बनाउनुपर्ने स्पष्ट पारे ।
अध्यक्ष यादवले सबै मधेशवादी दलहरु स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गरे ।‘प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न पनि स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्नेहुन्छ स्थानीय तहको निर्वाचनलाई मधेशको अधिकार प्राप्तीको आन्दोलनको कडीका रुपमा हामीले लिएका छौ ।’ अध्यक्ष यादवको भनाइ थियो । अध्यक्ष यादवले मधेश केन्द्रित दलहरु सशक्त नभए मधेशको माग सम्बोधन नहुने पनि बताए ।
Facebook Comments