Loading...
साधारण ठक्कर लागेको कक्षा ९ पढ्ने  दिया अग्रवाललाइ  ड्राइभरदवारा पछाडीको चक्काले टाउको कुल्चेर हत्या

राजेन्द्र सिंह । बिरगंज जेठ ०८ । बीरगजको कादम्बरी स्कुलको बसको ठक्करबाट दिल्ली पब्लिक स्कुलमा अध्ययनरत एक १३ वर्षिय बिद्यार्थीको ज्यान गएको छ । वीरगंजको महावीरस्थानमा आज बिहान ८ ः३० बजे स्कुल बसको प्रतिक्षामा रहेकी दिल्ली पब्लिक स्कुलमा अध्ययनरत १३ बर्षीय बालिका दिया अग्रवाल स्कुल बस विपरित दिसामा रोकिएपछि बाटो क्रस गर्दा कादम्बरी स्कुलको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिदाघटनास्थलमा नै मृत्यु भएको थियो ।

कादम्बरी बसका चालक अत्यधिक मदिरा सेवन गरेको बताइएको छ । दुर्घटनापछि स्थानियले कादम्बरी बसमा आक्रमण गरी शिशा तोडफोड गरेका थिए। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रिय अस्पतालको शव गृहमा राखेकोे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *