Loading...
मुस्लिम समुदायद्वारा दोस्रो चरणको निर्वाचनको विरोध

नूर आलम बाद्शाह

कपिलवस्तु, ८ जेष्ठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति रमजान महिनामा पारिएको हुनाले मुस्लिम समुदायका अगुवाहरुले विरोध जनाउँदै आएका छन् ।मुस्लिम समुदायका अगुवाहरुले पटक–पटक सरकारसंँग आग्राह गर्दै निर्वाचनको मिति सार्नु अनुरोध गरेको लगतै फेरी कक्षा ११ को परीक्षा ईदको दिन पर्ने गएको हुनाले दुःखी भएका छन् ।

‘सरकार मुस्लिम समाजप्रति ईमानदार हुनुपर्यो र सरकारले तुरुन्तै रमजान महिनामा चुनाव र ईदको दिन परीक्षाको मिति सार्नु अत्यन्त आवश्यक छ ।’

मुस्लिम समुदायका अगुवाले माग गरेका छन् ।कपिलवस्तुमा मुस्लिम समुदायका अगुवाहरु तथा मुस्लिम मिडिया सोसाईटी नेपालका अध्यक्ष मो इमरान खानले यथाशीघ्र दोस्रो चरणको स्थानीय निर्वाचनको मिति सार्न अनुरोध गर्दै सो मितिमा निर्वाचन भयो भनेस्थानिय निर्वाचनको कुनै औचित्य नरहेको बताए ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा युवा नेता अकरम पठानका अनुसार दोस्रो चरणको स्थानीय निर्वाचनको मिति सार्न अनुरोध गरेका छन् । निर्वाचनको मिति नसारिए बहिष्कार गर्ने र आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *