Loading...
के के लेखिएको छ त नेताद्धय गिरी र चौहानद्धारा जारी विज्ञप्तिमा ? एमाले देश कै लागि घातक भएको निष्कर्ष (विज्ञप्ति सहित)
वीरगन्ज ८, जेष्ठ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्व सभाषद एवं क्षेत्र नं ४ का अध्यक्ष प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन् । मधेस आन्दोलनबाट उठेका मागंहरुलाई एमालेले अपमान गरेको भन्दै एमालेका केन्द्रीय गिरी र पूर्व सभाषद चौहानले राजीनामा दिएका छन् ।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रिय सदस्य प्रहलाद गीरी र पुर्वसभासद प्रद्युमन चौहानले एमाले पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पदबाट राजीनामा दिएका छन् । मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ संस्थागत गर्नुपर्ने जनचाहना भएपनि मधेस आन्दोलनको भावनालाई एमाले पार्टीले उपेच्छा गरेकोले आफुहरु पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजीनामा दिएको नेताद्धय गिरी र चौहानद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
एमाले परित्याग गरेका नेता गिरी र चौहानले  मधेसको मागंहरुलाई  समर्थन गर्दै आगामी जेष्ठ १४ गते विरगञ्जमा कार्यक्रम गरी संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पहिलो चरणको स्थानीय निर्वाचनअघि सरकारले गरेको सहमति अनुसार तराई मधेसमा स्थानीय निकायको संख्याबृद्धि गरि दोश्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनैतिक आवश्यकता भएपनि एमालेको मधेस विरोधी आडानको कारण राजनैतिक निकास निस्कन नसकेको उनीहरुको आरोप छ ।
मधेसको मागंहरुलाइ पूरा गर्न पार्टीमा पटक पटक दबाव दिइए पनि शीर्ष तीन नेताहरुले   मधेस आन्दोलनबाट उठेका मागहरुलाई भारतसँग जाडेर आउने एमाले नेताहरुको नश्लीय अभिव्यक्तिले एमालेमा रहेका सबैमधेसी नेता तथा कार्यकर्ताहरुलाई कलंकित बनाएको समेत उनीहरुले आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम, नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादव, केन्द्रिय सदस्यद्धय हरिनारायण रौनियार, मोहनलाल चौधरी, तराई मधेस प्रदेशका कोषाध्यक्ष एवम उद्योगपतिस विजय सरावगी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै फोरम नेपालका जिल्ला अध्यक्ष यादवले मधेस आन्दोलनको मर्म, भावना र एमाले पार्टीको वास्तविक चरित्र बुझेर नेता गिरी र चौहानले समयमै राजीनामा दिनुकोमा कृतज्ञयता व्यक्त गरेका छन् । आगामी जेष्ठ १४ गते बृहत कार्यक्रम गरी एमाले परित्याग गरेका नेता कार्यकर्तालाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *