
वीरगंज ७ बैशाख,
श्री नृसिंह फोर्स क्लब वीरगंज–१७ पिपराको आयोजना आज धोबिनि गाउंपालिकाको धोबिनि मा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । क्लबका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न शिविरमा हाडजोनी तथा नशा रोग, मुटु, पेट, छाती तथा मधुमेह, प्रसुती तथा स्त्री रोग, नवजात शिशु तथा बालरोग, आ“खा, कान, नाक, घाँटी तथा छाला रोगको निःशुल्क परिक्षण गरिएको थियो ।
शिविरमा लंगडी, हरिहरपुर, आसवारी, गुलरीया, भिखमपुर लगायत गाउंबाट ६५० भन्दा बढि सर्वसाधारणको स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविरमा जेनरल फिजिसियन डा. एम.डि. राजा, डा. बिनय कुमार साह, डा. आदित्य तिवारी, डा. अभिनेस सिंह, फिजियोथेरापी कुन्दन कुमार, सामान्य चिकित्सक महम्मद इमाम हुसैन, करण पटेल, अफताब हवारी लगायतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नु भएको थियो । सो शिविरमा स्थानिय एजाद अंसारी, मनिर अंसारी, असरफ आलम, मन्टु साह, आलियास अंसारी, रोशन अंसारी, खुर्सेद हवारी, जितेन्द्र साह, उपेन्द्र साह लगायतकाले स्वयंसेविकाको भुमिका निर्वाह गर्नु भएको थियो ।
Facebook Comments