Loading...
मैथिली मिडिया प्रा.लि.द्वारा मैथिली श्रव्य आ’ लेखन पत्रकारिता तालिम

राजविराज, ८ जेठ । मैथिली मिडिया प्रा.लि.द्वारा राजविराज स्थित शैक्षिक तालिम केन्द्रमा मैथिली श्रव्य आ’ लेखन पत्रकारिता तालिम सोमवारदेखि शुरु भएको छ । सांसद मिथिला चौधरीको संसदीय विकास कोषको सहयोग एवम् जिल्ला समन्वय समितिको समन्वयमा तालिम सञ्चालन भएको हो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले पत्रकारिता समाजकै अङ्ग भएकोले यो क्षेत्रको समेत समुचित विकास हुनुपर्नेमा जोड दिए ।
मल्लकालीन समयमा मैथिली भाषा राजकाजको भाषाको रुपमा रहेको भन्दै यो भाषाको साहित्य, कला, संस्कृती एवम् सभ्यताको नमूना भएको उनले बताए । मैथिली पत्रकारिताको माध्यमले यो क्षेत्रको उत्थानमा सशक्त रुपमा कलम चलाउनुपर्ने स्थानीय विकास अधिकारी पोखरेलले आवश्यकता औंल्याए । कार्यक्रममा मैथिल महासंघ नेपालका अध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले मैथिली भाषाको समुचित विकासकालागि राज्यपक्षले ध्यान नदिएको बताए । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् प्रशिक्षक देवेन्द्र मिश्रले मैथिली पत्रकारिताको इतिहासबारे चर्चा गर्दै यसको विकास हुनुपर्ने आवश्यकता औंल्याए । मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव,ले स्थानीय तहमा मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनकालागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *