Loading...
फोरम नेपाल र मधेश समता पार्टीबीच आज (मंगलवार) पार्टी एकीकरण हुदै, निती, सिद्धान्त, एजेण्डा र विचार मिल्ने भएकाले पार्टी एकीकरण हुन लागेको घोषणा

संघीय समाजवादी फोरम नेपाल पार्टी मधेश समता पार्टीसंगको एकीकरणपछि अझ सुदृढ एवं विस्तार हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बेचन मुखिया नेतृत्तवको मधेश समता पार्टीबीच मंगलवार एकीकरण हुने भएको छ । धनुषाको बघचौडामा आयोजना हुने पार्टी प्रवेश तथा एकीकरण कार्यक्रमका बीच पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ ।
सोमवार एक प्रेस विज्ञप्ति जारी गरी मधेश समता पार्टीले संघीय समाजवादी फोरम नेपाल पार्टीको निती, सिद्धान्त, एजेण्डा र विचार संग हाम्रो पार्टीको मिल्ने भएकाले मधेश समता पार्टी एकीकरण भई संगै मिलेर अघि बढने निर्णय सहित घोषणा गरेको कुरा जनाएको छ । साथै संघीयता र पहिचानलाई आधार बनाएर उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने एकमात्र शक्ति संघीय समाजवादी फोरम नेपाल रहेकोले पार्टी एकता गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा भनिएको छ ।
अधिकार सम्पन्न र विभेद रहित तराई मधेश बनाउने उद्देश्यले गौरवशाली पार्टी संघीय समाजवादी फोरम नेपाल उत्पीडनमा परेका तथा राज्यद्वारा नश्लवादी विभेदका शिकार बनेका आमजनताको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको कुराबाट मधेश समता पार्टी अभिप्रेरित भएको कुरा अध्यक्ष बेचन मुखियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एकीकरणपछि मधेशी तथा आदिवासी जनजातिको आन्दोलनमा प्रमुख भुमिका निर्वाह गरेका मधेश समता पार्टीमा रहेका सम्पूर्ण पदाधिकरी, केन्द्रिय सदस्य र सिंगो पार्टी पंक्ति र संघीय समाजवादी फोरम नेपाल एक ढिक्का हुनेछ । यो एकीकरण संगै मधेशी, आदिवासी जनजाति, महिला, मुसिल्म, दलित लगायत समग्र उत्पीडित समुदायको लागि जारी संघर्ष झन् उचाईमा पुग्ने कुरा विज्ञप्तिमा दाबी गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *