Loading...
गरें एउटा तिताे कुरा , हाने पनि हान्नुस् मलाई छुरा

सिन्धुपाल्चाेका तामाङहरूले ज्यान दिएर पञ्चायतकाल देखि नै राप्रपाका पशुपति शम्शेर जबरालाई राजनीतिमा सघाउदै आएकाे इतिहास छ ।सिन्धुपाल्चाेकबाट पशुपति शम्शेरका तामाङ कार्यकर्ताहरू उनकाे काठमाडौंकाे घरमा आए छन् ।र, आफ्नै नेताकाेमा आएकाे हुनाले केही दिन मासु,भात र रक्सी खाँदै बसेछन् । पछि राजासाहेवबाट बाटाे खर्च लिएर घर फर्के छन् ।

उनीहरू घर फर्के पछि पशुपति शम्शेरकी स्वास्नीले पशुपति शम्मशेरलाई बेस्सरी झपार्दै भनिछन्, ” ती कस्ता तपाईका मान्छेहरू आएका हुन् ? खान त जानेनन् जानेनन् , दिसापिसाब गरेर पुछ्न नि नजान्ने ? सब ट्वाइलेट र घरै फाेहर बनाएर गए । आईन्दा यस्ताे मान्छे नल्याउनु ।”

त्यस पछि पशुपति शम्शेरले शाैखिन स्वास्नीलाई यसरी सम्झाएछन् , ” चुप लाग रानी । तिनीहरू मेराे चुनव क्षेत्रका तामाङहरू हुन् । याे मेराे हैसियत तिनै तामाङहरूकाे कारण भएकाे हाे । म अहिले मन्त्री छु , तिमी मन्त्रीकी स्वास्नी हुन पाएकी छ्याै । सुख सयलमा जिएकी छ्याै । एउटा कुरा याद गर, जुन दिन ती तामाङहरू पुछ्न र चुठ्न जान्दछन् त्याे दिन हामी रहन्नाै । जुन दिन उनीहरूमा त्याे चेतना आउँछ, उनीहरू स्वयम याे देशका मालिक हुन्छन्, हामीलाई मान्दैनन् । हाे, उनीहरूले त्याे कुरा बुझ्दैनन् र त म छु । म छु र त तिमी छ्याै । “

श्राेत व्यक्ति: तामाङ अध्ययता तथा विद्वान
दुप वाङ्गेल माेक्तान तामाङ

हाे, याे त प्रतिनिधि घट्ना र समुदायमात्रै हुन् । यही हालत राई, मगर, लिम्बु, गुरूङ, नेवार, दलित, सेर्प सबैमा छ । यही भएर त छट्टुहरूले एक नास चुनाव जितिरहन्छन् । जुन दिन कस्लाई र किन भाेट दिने भन्ने चेत उनीहरूमा पलाउने छन्, त्याे दिन याे मुलुककाे कायपलटकाे सुरूवात हुनेछन् ।

sanjib shrestha को फेश बुक बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *