Loading...
किन सत्तारुढ दल, एमाले र राजपा समेत चाहदैनन् प्रधानमन्त्री दाहालको राजीनामा ?

काठमाडौं- जेठ ९ । प्रधानमन्त्री पुष्प कमल दाहालले राजीनामा दिने बताईरहेकै बेला सत्ता साझेदार दल नेपाली कांग्रेस , प्रतिपक्षी एमाले लगायतका दलले राजीनामा नदिन सुझाएका छन । माओबादी केन्द्रको हेडक्वाटर बैठकले दाहालको राजीनामा अनुमोदन गरिसकेको छ । सत्ता साझेदार दल र प्रमुख बिपक्षीको साथै आन्दोलनरत राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनले समेत प्रधानमन्त्री दाहाललाई तत्काल राजीनामा नदिन सुझाएपछि दाहालको राजीनामाले नेपाली राजनीति थप तरंगित भएको छ ।

नेपाली कांग्रेस र माओबादी केन्द्र बीच बिगतमा भएको भद्र सहमतिलाई इमानदारिता पुर्वक कार्यन्वयन गर्ने मनस्थितिमा प्रधानमन्त्री दाहाल रहे पनि पछिल्लो परिस्थितिका कारण दाहाल के गर्ने भन्ने बिषयमा निर्णयमा पुग्न कठिन भएको छ । दाहाल राजीनामा दिने तयारीमा भए पनि चौतर्फी दबाबका कारण केही दिन राजीनामाबाट पछि हट्न सक्ने पनि बताइएको छ यद्यपि त्यो सम्भावना ज्यादै कम रहेको बताइएको छ । माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्री कांग्रेससँग गरेको सहमतिको इमनदरितापुर्वक कार्यन्वनयको पक्षमा रहेको बताएका छन ।

यता आन्दोलनरत मधेसबादी दल राष्ट्रिय जनता पार्टीले समेत प्रधानमन्त्रीले राजीनामा दिएर जिम्मेबारीबाट पन्छिन नमिल्ने प्रतिक्रया दिएको छ । राजपा नेता देबेन्द्र मिश्रले प्रधानमन्त्री दाहालले संबिधान संशोधन अघि राजीनामा दिन नहुने बताएका छन । मिश्रले दाहाल सरकार परिबर्तनमा लागे राजपा लगायत मधेसबादी दलले उठाएका मुद्दा ओझेलमा पर्ने प्रतिक्रिया दिदै त्यसो गरिए दोस्रो चरणको स्थानीय तहको निर्बाचन प्रभावित हुने बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *