Loading...
स्थानीय तहको संख्या अब ७६७, यी हुन थपिएका २३ संख्याहरु

नूर आलम बदशाह, काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिश गरेको छ ।सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो ।

सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय कुमार गच्छदार नेतृत्वको कार्यदल गठन गरी स्थानीय तहको संख्या थप्न एक कार्यदल गठन गरेको थियो ।कार्यदलले तराईका १२ जिल्लामा संख्या थप गरेको हो ।

संख्या थपिएका जिल्लाहरुमा सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सा १, धनुषा १, सर्लाली ३, बारा १, नवलपरासी ३, रुपन्देही ३,कपिलवस्तु ३, कैलाली १ र बाँके १ थपिएका छन् ।

मधेसका जिल्लामा स्थानीय तह थप्नुपर्ने माग पुरा गरे दोस्रो चरणको निर्वाचनमा सहभागि हुने राष्ट्रिय जनता पार्टी नेपालले यसअघि जनाईसकेको छ । कार्यदलले बिरगंज र बिराटनगरलाई महानगरपालिका बनाउने निर्णयसँगै स्थानीय तहको संख्या थप्ने पनि निर्णय गरेको छ ।

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गठित उक्त समितिले २० देखि २२ सम्म संख्या थप्ने बुझिएको छ ।निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरित हुने भन्दै मुख्य प्रतिपक्षदल एमाले लगायत अन्य केही दलका नेता कार्यकर्ताले स्थानीय संख्या थप्ने निर्णयको बिरोध गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *