Loading...
फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण, पन्ध्र सय कार्यकर्तालाई उपेन्द्र यादवले भित्र्याए

जनकपुर ९, जेष्ठ । संघीय समाजवादी फोरमनेपाल र मधेश समता पार्टीबीच एकीकरण भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश समता पार्टीका अध्यक्ष बेचन मुखियाले पार्टी एकता भएको घोषणा गरेका छन् ।

धनुषाको बघचौडामा मंगलबार आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा मधेश समता पार्टीको सिङ्गो नेतृत्व र क्रियाशील कार्यक्रम फोरम नेपालमा प्रवेश गरेका छन् ।मधेश समता पार्टीका तत्कालीन अध्यक्ष एवं सांसद् मेघराज निषाद केपी ओली नेतृत्वको एमाले सरकारमा सहभागी भएपछि पार्टीको बहुमत पदाधिकारीले साधारण सदस्य समेत नरहने गरी निषादलाईनिष्काशन गरेको थियो ।

स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीसँग मधेशमा उपेन्द्र यादवको बढ्दो प्रभाव र मधेशको मुद्दासँग सहमतभएर बेचन मुखिया अध्यक्ष रहेको मधेश समता पार्टी फोरम नेपालमा प्रवेश गरेको हो ।

सो पार्टीका उपाध्यक्षद्धयकृष्ण प्रसाद सहनी र जितेन्द्र सहनी लगायत सिंगो पदाधिकारीलाई उपेन्द्र यादवले स्वागत गरेका छन् ।यसैगरी, नेपाली कांग्रेस धनुषाका प्रभावशाली जिल्ला नेता तेज नारायण यादवको नेतृत्वमा सयौंको संख्यामा नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला नेता निर्गुन यादव, जिल्लाका दख्खल राख्ने एमालेका नेताहरु प्रेम कुमार कापर, विजय कुमार यादव, तपेश्वर सहनी र हृदयेश महरा पनि फोरम नेपालका प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला नेता हरिदेव यादव र शत्रुधन यादवले पनि माओवादी परित्याग गरी फोरमनेपालको सदस्यता लिएका छन् ।

नवप्रवेशी मधेश समता पार्टी र हजारौंको संख्यामा उपस्थिति नेता कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै मधेश मुद्दाका लागि संघर्ष गर्नआह्वान गरे ।धनुषाको बहुचौरा, कजरा रमौल, पुरनदाहा, धनुषाधाम, चोरा कोयलपुर लगायत विभिन्न९ वटा गाउँका हजारौं कार्यकर्ता कार्यक्रममा सहभागी थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *