
१० जेठ, काठमाडौं । ६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा अन्तरविरोध र बिबाद चर्किएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने गर्ने भन्नेबारे राजपामा विवादमा चुलिएको हो ।
पार्टी एकताका लागि निर्णायक भूमिका खेल्नु भएक अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचन बहिस्कारको पक्षमा खुलेर उत्रिएका छन् भने निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने भन्ने विषयमा निर्णय गर्न आज र अहिले राजधानीमा राजपाको बैठक डाकिएको स्रोत ले बाटअएका छन । वीरगञ्ज पुगेका राजेन्द्र महतो र अनिल झा बैठकमा सहभागी हुन आजै राजधानी फर्किएका छन् । आजको बैठकले राजपा चुनावमा सहभागी हुने निर्णय लिने सम्भावना छ ।
Facebook Comments