Loading...
दुई दिनमा दुई वटा प्रभावशाली पार्टी फोरम नेपालमा प्रवेश

सुनसरी १०, जेष्ठ । जनकपुरमा मधेश समता पार्टीको सिंगो नेतृत्व प्रवेश गरेको एकदिननबित्दै संघीय समाजवादी फोरम नेपालमा एउटा अर्को पार्टी प्रवेश गरेको छ । फोरम नेपालकोनीति, सिद्यान्त र राजनीतिक दूरदर्शिता देखेर जनसमावेशी एकता पार्टीको सिङ्गो नेतृत्व नै प्रवेश गरेको छ ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा र राजपा परित्याग गरी प्रभावशाली नेता कार्यकर्ताहरुको समूह प्रवेश गर्ने लहर चलिरहकै बेला यसरी दुई दिनमा दुई वटा प्रभावकारी पार्टीहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।विरशुलाल उराँव अध्यक्ष रहेको नेपाल जनसमावेशी एकता पार्टीका पदाधिकारी र प्रभाव क्षेत्रमा रहेका सक्रिय कार्यकर्ता पंक्तिको ठूलो समूह फोरम नेपालमा प्रवेश गरेको हो ।

बुधबार सुनसरीको निर्वाचन क्षेत्र नं. ५ को पश्चिम कुशाहामा आयोजित बृहत् पार्टी प्रवेश एवं सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी पार्टी र नेता कार्यकर्तालाई स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा तराई मधेशमा उपेन्द्र यादवको बढ्दो लोकप्रियता र उनले बोकेको एजेन्डासँग प्रभावित भएर सिंगो पार्टीसहित फोरम नेपालमा प्रवेश गरेको जनसमावेशी पार्टीका अध्यक्ष उराँवले प्रतिक्रिया दिए ।

यसैगरी, बुधबार नै सुनसरीको क्षेत्र नं. ५ कोशी गाउँपालिका हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका पार्टी परित्याग गरी आएका नेतृत्व पंक्तिलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर स्वागत गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *