Loading...
नयाँ सरकारमा सहभागी हुने एमालेको संकेत

काठमाडौं- जेष्ठ ११ । राष्ट्रिय सहमतिको आधार तयार भए नेकपा एमालेले सरकारमा सहभागी हुने संकेत गरेको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिए पछि नेपाली कांग्रेसको नेतृत्वमा गठन हुने नयाँ सरकारमा एमाले पनि सहभागी हुने संकेत गरेको हो ।

दोस्रो चरणको स्थानीय तहको निर्बाचनका साथै यसै बर्ष हुने प्रदेश र संघीय संसदको निर्बाचनमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउन सरकारमा सहभागी हुन सक्ने एमालेका एक नेताले बताएका छन । हामी सरकारमा नजाने भन्ने होइन तर त्यसका निम्ति भरपर्दो आधार तयार पार्नुपर्यो उनले बताएका छन । हामीले त प्रचण्ड सरकारको निरन्तरता चाहेका थियौं त्यही सरकारलाई एमालेले काँध थाप्ने पनि भनेकै थियौ तर प्रचण्डले मानेनन उनको भनाई छ ।

संबिधान कार्यन्वयनका निम्ति कम्तिमा प्रमुख दलहरुबीच सहमतिको आबश्यक्ता छ त्यसैले एमाले सरकारमा जान नहुने भन्ने छैैन उनको प्रतिक्रिया थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *