
११ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले देउवा सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । आज बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा कुनै पनि हालतमा नजाने निष्कर्ष निकालेको हो । अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने तयारी छ ।
राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिने भएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको एक नेताले बताएका छन् ।
राजकिशोर यादव लगायतका केही नेताहरुले निर्वाचनमा नजाने बताउदै आएका छन भने महन्थ ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् ।
Facebook Comments