Loading...
दुइ तिहाइ पुर्याउन नसके सम्म मधेशीको माग पूरा नहुने बुझेपछि फोरम नेपाल चुनाबमा भाग लिएको उपेन्द्र यादवको दाबी,
चुनावको मूडमा रहेको मधेशलाई बिथोल्ने तत्व आफै सिद्धिन्छन्– उपेन्द्र यादव
भैरहवा १२, जेष्ठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश अहिले चुनावको मूडमा रहेकोले त्यसलाई बिथोल्न खोज्ने तत्वहरु सिद्धिने चेतावनी दिएका छन् । गोला बारुदभन्दा ब्यालेट सबैभन्दा शक्तिशाली भएको भन्दै अध्यक्ष यादवले लगातारको आन्दोलन मात्रैले पनि निकाश नदिने भएकोले चुनावलाई पनि संघर्षकै रुपमा लिइनु पर्ने सुझाव दिएका छन् । रुपन्देहीको धकधईमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले भने, ‘संसारमा धेरै घटनाले पुष्टि गरिसकेको छ । गोला बारुद र तोपभन्दा ब्यालेट सबैभन्दा शक्तिशाली हुन्छ । मधेशले पनि ब्यालेटको पावरलाई सदुपयोग गर्नु पर्दछ ।’ एक प्रशंगमा यादवले दुइ तिहाइ पुर्याउन नसके सम्म मधेशीको माग पूरा नहुने बुझेपछि फोरम नेपाल चुनाबमा भाग लिएको बताउनु भएको थियो ।
अध्यक्ष यादवले दोस्रो चरणको रुपमा जेठ ३१ गते हुने निर्वाचनलाई उपयोग गर्न मतदातालाई आग्रह गर्दै भने, ‘निर्वाचन हुनैपर्छ । किनकी निर्वाचनमा जनताले आफ्नो अभिमत जाहेर गर्न पाउँछन् । लोकतन्त्रमा जनताको मत सार्वभौम हुन्छ ।’ अध्यक्ष यादवले चुनाव कुनैपनि हालतमा हुनु पर्ने र त्यसका लागि तयार रहन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

कांग्रेस र माओवादीका १३ सय कार्यकर्ता फोरम नेपालमा प्रवेश

पार्टी दर्ता र चुनाव चिन्ह नपाएर आक्रोशित बनेको राष्ट्रिय जनता पार्टीले काठमाडौंमा आन्दोलन घोषणा गरिरहँदा उपेन्द्र यादवले भने रुपन्देहीमा एकैदिन १३ सयको संख्यामा सक्रिय नेता कार्यकर्ताको समूहलाई पार्टीमा भित्र्याएका छन् ।  नेपाली कांग्रेसका प्रभावशाली नेता मञ्जित यादव, सनोज यादव र नेकपा माओवादी केन्द्रका नेता सतीश उपाध्यायको नेतृत्वमा हजारौंको संख्यामा स्थानीय कार्यकर्ताहरु समाजवादी फोरममा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *