
काठमाडौं, जेठ ६ । बहुचर्चित र प्रतिक्षित तराई मधेस र काठमाडौंलाई जोड्ने फाष्ट ट्रयाकको उद्घाटन प्रधामन्त्री प्रचण्डले गर्नुहुने भएकाे छ । आफ्नो नेतृत्वमा सरकार बनेदेखी नै फाष्ट ट्रयाकलाई नेपाली लगानीमा अगाडि बढाउने प्रतिबद्धता जनाएका प्रचण्डले आफ्नो कार्यकालको उत्तरार्धमा उद्घाटन गर्ने भएका हुन ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय स्वार्थमा नेपाली आयोजना सञ्चालन गरेको आरोप लागेपनि फाष्ट ट्रयाकको निर्माण नेपाली सेनाले नै गर्ने गरी उद्घाटन हुने भएपछि यसले सबै आलोचना भ्रम रहेछन् भन्ने कुरा पुष्टि भएको छ । फाष्ट ट्रयाकमा भारतीय लगानी भित्र्याइयो भन्दै व्यापक आलोचना गरिएपनि प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाकलाई नेपाली लगानी अन्तर्गत नै निर्माण गर्ने गरी अघि बढाउन सफल भएका हुन । “बिरोधीहरुले कुप्रचार गरेको रहेछ भन्ने अहिले आएर पुष्टि भएको छ ।
अब १४ गते उद्घाटनपछि नेपाली सेनाले यो निर्माणको नेतृत्व लिन्छ” प्रधानमन्त्री कार्यालय श्रोतले बतायो ।
Facebook Comments