Loading...
दुई पूर्व गाविस अध्यक्षसहित तीन दर्जनले गरे माओवादी केन्द्रमा प्रवेश

राजविराज, १२ जेठ । विभिन्न गाउँ विकास समितिका निवर्तमान अध्यक्षहरु सहित तीन दर्जनले विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र राजविराजद्वारा मलेठ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा शुक्रवार आयोजित कार्यक्रममा उनीहरु पार्टीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा साबिक मलेठ गाविसका निवर्तमान अध्यक्ष रामप्रसाद यादव, देउरीभरुवा गाविसका निवर्तमान अध्यक्ष महन्थी यादव, पूर्व वडा अध्यक्ष रामेश्वर खङ्ग, राजविराज–३ का मुक्ता अन्सारी, रमेश कुमार यादव, महेन्द्र प्रसाद यादव, बासुदेव सदा, बतहु सदा, योगेन्द्र यादव, चिनीवती सदा, ममता देवी सदा, भटनी देवी सदा, जगरनाथ सदा, रोशन अन्सारी, रामकृष्ण यादवसहितका छन् ।
नव प्रवेशीहरुलाई अबीर लगाएर स्वागत गर्दै सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले पार्टीको सदस्यता समेत प्रदान गरेका छन् । कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै पार्टीका पोलिटव्युरो सदस्य समेत रहेका सांसद यादवले वडा भेलाहरु अविलम्व आयोजना गरी सर्वसम्मत उम्मेदवार चयन गर्न निर्देशन दिएका छन् ।
एक–आपसमा विगतमा भएका कमीकमजोरी त्यागेर चुनावमा बढी भन्दा बढी सुनिश्चित गर्नमा जुट्न समेत उनले आग्रह गरे । उम्मेदवार चयन गर्नेदेखि चुनाव जिताउने सम्मको कार्यमा पार्टीको हित अग्र भागमा राखेर व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा नेता यादवले जोड दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *