Loading...
मधेशमा प्राप्त उपलब्दी पनि गुम्ने भएको हुनाले फोरम नेपाल चुनाबमा सहभागी , राजपाका केन्द्रिय नेताहरु फोरम नेपालमा प्रवेश

रौतहट १३ जेठ । संघिय समाजवादी फोरम,नेपाल रौतहटको चपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाका केन्द्रिय सदस्य धिरेन्द्र यादव र महमदपुरका एमाले पूर्व गा.वि.स. अध्यक्ष राम प्रसाद यादव लगाएत सयौं नेता कार्यक्रतालाई प्रवेश गराएका छन् ।
प्रवेश गर्दै राजपा केन्द्रिय सदस्य यादवले भने – यो आन्दोलनले मधेशमा प्राप्त उपलब्दी पनि गुम्ने र चुनाव जस्तो जनताको सर्वभौम अधिकारलाई कुण्ठित गर्ने हुनाले यो चुनावलाई उपयोग गरी मधेश र उत्पिडित जनताको अधिकार दिलाउन लाग्नु पर्ने बताए ।
एमाले परित्याग गरी प्रवेश गरेका गाविस अध्यक्ष यादवले भने – एमाले मधेश विरोधी भएको र यो पार्टी नश्लिय चरित्र बाकेकोले यो पार्टीले राष्ट्रिय एकता कायम राख्न नसक्ने बताए ।

उक्त कार्यक्रममा फोरम,नेपालका केन्द्रिय सदस्य रेवन्त झा लगाउतका नेताहरुको उस्थिति थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *