Loading...
राजपा नेपालका सहमहामन्त्री समिम मिया अन्शारी एमालेमा प्रवेश, निर्वाचनमा जान राजपाका नेताहरु आतुर

राजपा नेपालका सहमहामन्त्री तथा मुस्लिम गठबन्धन संयोजक समिम मिया अन्शारी एमालेमा प्रवेश गरेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रम बीच अन्सारीलाइ पार्टि अध्यक्ष के पी शर्मा ओली तथा माधव नेपालले पार्टी प्रवेश गराएका हुन । स्थानीय तहको दोश्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन घोषणा गरेका राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी हुन आतुर रहेको देखिएको छ ।
उनीहरु नेपाली काग्रेसका शिर्ष नेताहरुसंगै भेटेरै नै दल दर्ता गरेर चुनाव चिन्ह दिनुपर्ने सहितका ३ बुदें प्रस्ताव अघि सार्दै निर्वाचनमा सहभागिताका लागि पहल गर्न आग्रह गरेको छ ।
दोश्रो चरणको निर्वाचनमा उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी संघीय गठवन्धन मार्फत आन्दोलन घोषणा गरेको राजपा नेपालका नेताहरुले शनिवार विहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न चाहेका थिए । तर तीन दलको विशेष बैठकका कारण बिहान ९ बजेका लागि गरिएको कारण सो बैठक नभई दिउंसो तिर भएको भेटघाटमा यस्तो आग्रह गरिएको हो ।
दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा भएको भेटमा राजपा नेपालका नेताहरुले चुनावको वातावरण बनाउन आग्रह गर्दै जनसंख्याको आधारमा स्थानीय तहको वृद्धि, मुद्दा फिर्ता, र दर्ता गरेर चुनाव चिन्ह दिनुपर्ने सहितका मांग अघि सारेको बताइएको छ । उनीहरुले दुई तिहाई नपुगेको भन्दै संविधान संशोधन रोकिएको र अरु विषय पनि टार्दै जान खोजिएको आरोप लगाएका छन । भेटपछि राजपाका नेता राजेन्द्र महतोले  भने, हामीले भन्यौं, ‘ चुनावको वातावरण बनाउनुस । हामी चुुनावमा जान चाहन्छौं । हामीलाई बञ्चित नगरियोस । उनका अनुसार चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने तीन सर्त कांग्रेस सभापति देउवासामू राखिएको छ ।
तर भेटमा देउवाले भने स्थानीय तहको संख्या वृद्धिमा सर्वोच्चले रोक लगाइसकेको, मुद्दा फिर्ता प्रक्रिया अघि बढिसकेको नै छ, जहांसम्म दल दर्ता र निर्वाचन चिन्हको कुरो छ त्यो सरकारको अधिकारको कुरो नभई निर्वाचन आयोगको स्वामित्वमा छ, हामीले पहल गरि नै नरहेका छौ, तपाईहरु निर्वाचनमा भाग लिई सौहार्दपूर्ण वातावरण बनाउनुस आग्रह गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *