Loading...
फोरम नेपाल पर्सा (बिरगन्जमा) अन्य सबै दलभन्दा शक्तिशालि, फेरी प्रबेश गरे हजारौ कार्यकर्ता

एमालेका केन्द्रीय सदस्य र पूर्व सांसदसहितहजारौं कार्यकर्ता फोरम नेपालमा प्रवेशविरगञ्ज १४, जेष्ठ । संघीय समाजवादी फोरम नेपालमा विरगञ्जका चर्चित नेतासहित हजारौं कार्यकर्ता प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्व निर्वाचित सांसद प्रद्युमन चौहानको नेतृत्वमा ठूलो संख्यामा एमाले कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य गिरी र पूर्वसांसद चौहानलेयही जेष्ठ १० गते एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका थिए ।विरगञ्जको नगरसभा गृहमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

एमालेका चर्चित नेता दिनेश कलवार, एमाले निकट विद्यार्थी संगठन अनेस्ववियुका नेता सुजित गिरी, ठाकुर राम बहुमुखि क्याम्पसका नेता आजादले पार्टी सदस्यता लिएका छन् ।विरगञ्जबाट प्रकाशित हुने लोकटाइम्स दैनिकका प्रधान सम्पादक पवन तिवारी पनि फोरम नेपालमा प्रवेश गरेका छन् । कांग्रेस, एमाले र माओवादीका प्रभावशाली नेताहरुसँगै पर्साको सदरमुकाम विरगञ्ज र गाउँगाउँबाट आएका हजारौंको संख्यामा कार्यकर्ताहरु फोरम नेपालसँग जोडिएका छन् ।

पर्सा जिल्लामा एकपछि अर्को गर्दै प्रमुख तीन दलसहित अन्य पार्टीहरु परित्याग गरी प्रभावशाली नेताहरुको आगमनले फोरम नेपाल निकै नै बलियो बनेको छ । स्थानीय चुनावको मिति घोषणा अघिदेखि नै पर्सा लगयात मधेशको अधिकांश जिल्लाहरुमा विभिन्न पार्टी परित्याग गरी प्रभावशाली नेताहरुका फोरम नेपाल प्रवेश गर्ने श्रृंखला जारी छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश समारोहमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सांसद लालबाबु राउत, महासचिव रणध्वज कङ्दङवा, केन्द्रीय सदस्यहरु मोहनलाल चौधरी, विरेन्द्र यादव, हरि नारायण रौनियार र पप्पु तिवारी लगायतका नेताहरुको उपस्थिति थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *