Loading...
अब हुने ४ प्रदेशको चुनाबमा फोरम नेपालको बलियो पकड, कांग्रेश माओबादिका समेत साझा उमेदवार फोरम नेपालका केन्द्रिय सदस्य रामसिंह राइ

भोजपुर, १३ जेठ । संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको अध्यक्षमा रामसिंह राईको उम्मेदवारी निश्चित भएको छ ।

ससफोका केन्द्रीय सदस्य राईलाई तीन दलको तर्फबाट संयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गरिएको पार्टी स्रोतले बताएको छ । ससफो, कांग्रेस, माओवादी केन्द्रबीच स्थानीय आवश्यकता र अवस्था हेरेर भोजपुरका केही गाउँपालिका र नगरपालिकाहरूमा चुनावी तालमेल गरिएको छ । ससफोका उम्मेदबार राईलाई कांग्रेस र माओवादी समेतले समर्थन गरेको हुनाले उनको जीत सुनिश्चित देखिएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन २०७४ जेठ ३१ गते तोकिएको छ भने पहिलो चरणको निर्वाचन गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *