Loading...
बिशेष सुराकीको आधारमा पेस्तोलसहित दुई जना युवा पक्राउ

राजविराज, १४ जेठ । सप्तरीको दुई छुट्टा–छुट्टै स्थानबाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिसनपुर– ७ स्थित बिसनपुरकट्टी चौकबाट प्रहरीले एक थान पेस्तोलसहित शनिबार एक युवकलाई पक्राउ गरिएको छ । बिशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको टोलीले सोही ठाउँका १९ बर्षिय आदित्य शर्मालाई पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले इण्डियन पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, शर्माले प्रयोग गर्दै आइरहेको अन टेष्ट मोटरसाइकल र ५ सय ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चा(क्रान्तिकारी)को पर्चा समेत फेला पारी निजलाइ नियन्त्रणमा लिई अनुसन्धानका क्रममा सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर– १ का ३३ वर्षिय मो.नसिर समेत संलग्न हुन आएको खुलेपछि राजविराज नगरपालिका ८ स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *