
चितवन , जेष्ठ -१५ । भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना स्थलमा भएको घटना अहिले सबैतिर चासोको बिषय बनेको छ । मतगणना स्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार शान्तिपूर्ण रुपमा मतगणना चल्दै गर्दा एक्कासी एमालेका कार्यकर्ताका कारण घटना घट्न पुगेको बताइएको छ ।
पछिल्लो समय माओबादी केन्द्रका मेयरका उम्मेदवार रेणु दाहालको पक्षमा राम्रो मत आईरहदा एमालेको कार्यकर्ताबाट सो घटना घटाइएको प्रत्यक्षदर्शीको आरोप रहेको छ । हँसिया हथौडामा परेको मत मतगणकको हातको मसिले बदर गराईएको बेला माओबादी केन्द्रका तर्फ़बाट खटिएका एजेन्टले देखे पछि तत्कालै निर्वाचन अधिकृतको ध्यानाकर्षण गराउन खोज्दा एेजेन्टहरु र कर्मचारीहरुका बिचमा सामान्य बिबाद भएको बताइएको छ ।
यसै क्रममा होहल्ला हुदै गर्दा बेन्चमा बसेका एमाले प्रतिनिधिहरुले मतपत्र नियन्त्रणमा लिन खोजेपछि उनिहरुकै तानातानमा मतपत्र च्यातिएको बताइएको छ । घटनामा संलग्न एमाले प्रतिनिधिलाई रोक्ने क्रममै भएको भनाभनका बेला एमाले प्रतिनिधि गंगा लामा सहित माओबादी केन्द्रका २ जना प्रतिनिधिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
Facebook Comments