
सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको बिरोध गर्दै संघिय समाजवादी फोरम नेपाल दुहवीले बिरोध गर्दै मोटरसाइकल ¥याली जुलुस गरेको छ ।
यालीमा समाजवादी फोरमका दुहवी अध्यक्ष दिपक बिश्वास,समाजवादी यूवा फोरमका दुहवी अध्यक्ष रानु साह, समाजवादी बिद्यार्थी फोरमका दुहवीअध्यक्ष चन्दन बैठा, समाजवादी मुस्लीम फोरमका दुहवी अध्यक्ष इरफान मियाँ लगायतका नेता कार्यकर्ताहरुलेदुहवी नगर परिक्रमा गरि डाँगा चौकमा कोणसभा गरेको थियो । कोणसभामा संघिय समाजवादी यूवा फोरमका केन्द्रिय सदस्य रन्जित गोश्वामी, समाजवादी ट्रेड युनीयनका केन्द्रिय सह–सचिव मुन्ना हलुवाइ सुनसरी जिल्ला सदस्य अवध नारायण यादव, अशोक यादव लगायतले सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा दिएको अन्तरिम आदेश फिर्ता लिनुपनेमा जोड दिएका छन । यस्तै संघिय समाजवादी फोरम नेपाल दुहवीको ८ नम्वर वडा कमिटि तथा पार्टी कार्यालय गठन भएको छ ।
संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य, पदम अधिकारी,अर्जुन थापा र समाजवादी ट्रेडयुनीयन सुनसरीका इञ्र्चाज धर्मलाल ठाकुरको आतिथ्यतामा दुहवीको ८ नम्वर सोनापुरमा ११ सदस्य वडा कमिटि गठन भएको हो
Facebook Comments