
१५ जेठ, गोरखा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डां बाबुराम भट्टराइले स्थानीय तह निर्वाचनमा जनताले आफ्नो हैसियत बुझिनसकेकाले अपेक्षित मत आउन नसकेको बताउनु भएको छ । पार्टीको स्थापना गरेको एक बर्ष पनि नपुग्दै चुनाव भएकाले जनताले आफ्नो हैसियत बुझ्ने समय नपाएको उनले बताएका छन् ।
सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मलेन गर्दै भट्टराईले जनताबाट पुरै प्रतिफल प्राप्त गर्नै बेला भइनसकेको बताएका हुन् । संगठन बिस्तारको क्रममा रहेको भन्दै भट्टराईले चुनावमा आफूहरुले पाएको मत सम्मानजनक रहेको बताउनु भएको थियो। उनले पहिलो चुनाब जस्तै अषाढ ९ गते हुन लागेको चुनाब मा पनि संघीय समाजबादी फोरम नेपाल संग ताल मेल गरेर लड्ने समेत बताउनु भएको छ ।
Facebook Comments