Loading...
गणतन्त्र दिवसमा देशभक्त लोकतान्त्रिक पार्टीद्धारा वीरगंजमा दिप प्रज्वलन
वीरगंज १५ जेठ, देशभक्त लोकतान्त्रिक पार्टी पर्साले १० औं गणतन्त्र दिवसको अवसरमा आज वीरगंजमा ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरेको छ । वीरगंजको घण्टाघरमा आयोजित एक समारोहका बिच पार्टीका नेता कार्यकता तथा स्थानियबासीहरुले दिप प्रज्वलन गर्दै ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा पार्टीका केन्द्रिय प्रवक्ता जलेश्वर सर्राफले देशको आधि भन्दा बढि जनसंख्या मधेसमा रहे पनि मधेसको हक अधिकार संविधानमा सुनिश्चित नगरी मधेसी जनताप्रति सौतेला व्यवहार गरेको भन्दै आपत्ति प्रकट गर्नु भएको थियो ।
संविधानसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलहरुको रुपमा स्थापित नेपाली राजनीतिक दलहरुको राजनीतिक संकटलाई समाधान गरी राष्ट्रिय एकता गर्ने तथा जनसभामा अन्र्तनिहित सार्वभौमसत्ता र राजकिय सत्ता प्रयोग गरी संविधानसभाको माध्यमबाट मात्र संविधान कार्यान्वयनमा असहज परिस्थिति देखा परेको बताउदै प्रवक्ता सर्राफले अब संविधान परिमार्जनबाट अगाडि बढनुको बिकल्प नरहेको बताउनु भएको छ । परिवर्तन बाहकको रुपमा अब नयाँ बैकल्पिक पार्टी देशभक्त लोकतान्त्रिक पार्टी नयाँ राजनीतिक शक्तिको रुपमा अगाडि बढि रहेको बताउदै सर्राफले अब कुनै पनि राजनीतिक उदेश्यको कारण कुनै पनि नेपाली नागरिकलाई शहिद हुन नदिने दाबी गर्नु भएको छ ।
अब नेपालमा धेरै शहिदहरु भईसके र अबको लडाई बैचारिक, सैद्धान्तिक र छुटै प्रकारको हुनु पर्छ भन्ने मान्यता पार्टीको रहेको बताउदै प्रवक्ता सर्राफले कुनै पनी राजनीतिक दलको व्यक्तिगत लडाईमा कसैको छोरा छोरीलाई प्रयोग गर्नु हुदैन भन्ने पार्टीको बुझाई समेत रहेको बताउनु भयो । कार्यक्रममा देशभक्त लोकतान्त्रिक युवा शक्तिका संयोजक दिपक पटेल, सचिव अमरदिप सर्राफ, कोषाध्यक्ष आदित्य मण्डल लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *