Loading...
भरतपुर घटनालाई लिएर निर्वाचन आयोग ‘एक्सन’, चाल्यो यस्तो कदम

काठमाडौं, १५ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा सोमबार बसेको आकस्मिक बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको हो ।

सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक रहने गरेर छानविन समिति बनाइएको स्रोतले जनाएको छ । छानविन समितिले आजैदेखि काम थाल्नेछ । आयोगले भरतपुर घटनाका विषयमा सम्पूर्ण विवरण मागेर अध्ययन गरेपछि छानविन समिति बनाइएको हो । छानविन समितिको प्रतिवेदन नआउँदासम्म अब भरतपुरमा मतगणना हुने छैन ।

ऐनको दफा ५० को उपदफा ४ मा यदि अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *