
काठमाडौं, जेठ १६– सरकारले चुनावको नयाँ मिति तय गरेसँगै राजपा नेपालका नेताहरु लैनचौरस्थित भारतीय दूताबासमा छलफलका लागि पुगेका छन् ।राजपाका नेताहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग छलफलका लागि आज बिहान भारतीय दूताबासमा पुगेका थिए।
सोमबार मात्रै मन्त्रिपरिषद्को बैठकले राजपालाई चुनावमा सहभागि गराउने उद्देश्यले जेठ ३१ गतेको स्थानीय तहको चुनाव असार ९ गतेको लागि सार्ने निर्णय गरेको थियो ।
छलफलमा राजपाका नेताहरुले आफूहरुको चाहनाअनुसार चुनावको मिति सारिएको भएपनि अझैं वातावरण बनिनसकेको बताएका थिए ।तर, भारतीय राजदूत पुरीले मधेसी दलकै चाहनाअनुसार सरकारले चुनावको मिति सारेकाले अब चुनावमा सहभागि भए राम्रो हुने सुझाव दिएका थिए ।
Facebook Comments