
विस्वास गर्नुस या नगर्नुस् ।बजेट भाषणले ल्याएको खुसियालीको मुख्य भागिदार ससफो पार्टीका अध्यक्ष उपेन्द्र यादवज्युलाई जान्छ कारण नेपालमा अहिलेको संघीयताको पिता वहाँ नै हो ।
कसरी त ?अहिले हाम्रो राज्य ब्यबस्था संघीय संरचनामा गएको हुनाले नै शिँह् दरबारको अधिकार गाउँ पालिका सम्म पुगेको छ । त्यसैले पहिला एकात्मक ब्यबस्था हुँदा केही लाख रूपैया बजेट पुग्ने क्षेत्रमा आज दसौं करोड रूपैयाको बजेट पारित भएको छ ।
अब नेपालमा संघीय संरचनाको अवधारण कसरी आयो ?अन्तरिम संविधान आउने बेला सम्म ठुला दलहरू एमाओवादी , नेपाली काँग्रेस र एमालेको मानस पटालमा संघीय संरचनाको स पनि उब्जेको थिएन , जब मधेसमा उपेन्द्र यादवजी लगायत मधेसकानेताहरू र जनताले संघीयताको माग राखेर कडा आन्दोलन गर्नु भयो तब मात्रै अन्तरिम संविधानमा संघीयताको बिषयले प्रवेश पाए ।
साथसाथै संघीयताको बिषयलाई सहर्ष स्वीकार गर्नु हुने एमाओवादी र अर्ध स्वीकार गर्ने काँग्रेस र एमालेका नेतागणहरूलाई पनि धन्यवाद दिनैपर्छ कारण वहाँहरू बिना संभव पनि थिएन । मनन गर्नै पर्ने बिषय :- संघीयताले देश टुक्राउँदैन् बरू केन्द्रीय सरकारलाई तपाईँको गाउँ विकासको लागि तपाईँको गाउँ गाउँमा बजेट निकासी गराउन बाध्य बनाउछ ।
Facebook Comments