Loading...
दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते हुने

काठमाडौं ,१७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय जनता पार्टीलाइ समेत चुनाबमा सहभागी गराउने उदेश्यका साथ चुनाबको मिति सारिएको बताइएको छ । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो ।

प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *