
१६ जेठ (30 May), कुदाककाउले, भोजपुर । सङ्घीय समाजवादी फोरम, नेपालको षडान्न्द नगरपालिका वडा नं. २ को कुदाककाउलेको भोटेछापमा आज टोल समितिको गठन भएको छ ।
भक्तबहादुर विकको अध्यक्षतामा गठित ११ सदस्यीय सो समितिका उपाध्यक्ष चन्द्रबहादुर रोक्का, सचिव लालबहादुर रोक्का, सदस्यहरूमा गंगामाया, तारा, बालकुमार, बीरबहादुर मंग्राती, भुपाल सार्की, गीता रोक्का, शोभा र लक्ष्मी छन् ।नवगठित टोल समितिलाई चुनाव प्रचार समितिको समेत जिम्मेवारी दिइएकाे छ ।
षडानन्द नगरपालिकाको २ नं. वडाध्यक्षका उम्मेदवार तथा भोजपुर जिल्ला सदस्य महेन्द्र राई ‘दयालु कवि’, पार्टी वडा समितिका अध्यक्ष प्रेम राईको उपस्थितिमा सम्पन्न सो भेलाबाट गठित टोल समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराइएको थियो ।
Facebook Comments