Loading...
फेसबुकमा मजाक बने राजपा, चुनाब सार्न आन्दोलन गरेको हो भनि प्रश्न , आन्दोलन फिर्ता

काठमाडौं, १७ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरिएको छ । गठबन्धनले जेष्ठ १२ गते शुक्रबार निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको कडा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

सरकारले निर्वाचनको मिति असार १४ गतेका लागि सारेको भन्दै तत्कालका लागि गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको राजपा नेपालका महामन्त्री जे पी यादवले बताएका छन् ।
यसैबिच राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भए पछि फेसबुकमा राजपालाइ मजाक बनाइएको छ । फेसबुकमा चरम आलोचना गर्दै राजपाका कार्यकर्ता र मधेशी जनताले चुनाबको मिति सार्नलाइ आन्दोलन गरेको हो भनि मजाक उडाउदै प्रश्न गर्न थालेका छन् । उनीहरुले संबिधान संशोधन पछि मात्र राजपा आन्दोलनमा जान्छन भनि केवल बुझेका मात्र थिएनन, बरु बिश्वाश समेत गरेकोमा राजपाले त्यो बिश्वाश माथि पानि खन्याएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *