Loading...
सांसद शाहद्वारा युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण कपिलबस्तु

जेष्ठ १७। स्व: अजय प्रताप शााह मेमाेरियल ट्रस्ट द्वारा युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएकाे छ । कपिलबस्तु क्षेत्र नः ५का सांसद अभिषेक प्रताप शाहका बुवा स्व:अजय प्रताप शाहकाे नाममा रहेकाे मेमाेरियल ट्रस्टले भारतीय दुताबासबाट पाएकाे एम्बुलेन्सलाई अाज एक कार्यक्रमका बीच दिगाे बिकास युवा क्लब रामनगरलाई हस्तान्तरण गरेकाे छ ।

स्वः अजय प्रताप शाहकी अामा मनाेरमा देवी शाहले एम्बुलेसकाे सांचाे युवा क्लबका संयाेजक दिपेन्द्र सिंह चाैधरीलाई हस्तान्तरण गरेकी हुन । एम्बुलेन्सबाट गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन लाग्ने खर्च सांसद अभिषेक प्रताप शाहले अाफ्नाे तलबबाट तिर्ने र थप ३ वटा एम्बुलेन्स यस क्षेत्रका जनतालाई दिने बताएका छन । साे कार्यक्रममा क्षेत्र न:५का साविकका तीन गाबिस गणेशपुर, पत्थरदेईया र खुरुहुरियाका कुल ४३ जना महिला स्वयंसेविकाहरुलाई छाता पनि वितरण गरिएकाे छ । यसअघि साविककाे गणेशपुर गाबिसका २० जना स्वयंसेविकालाई साईकल वितरण गरेकाे जानकारी सांसद शाहले दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *